नक्कली ट्राफिक बनेर लुट्पाट

नक्कली ट्राफिक बनेर लुट्पाट

"सिंहदरबार अगाडी दिनहुँ लुटपाट"
माइतीघर मण्डलाको उत्तर तिर बाट भद्रकाली निस्कने नयाँ बाटो । यो मोडको मुखैमा ५/७ जना मान्छेहरु हातमा रातो चिट लिएर उभिएका छन् ठयाक्कै ट्राफिक प्रहरीको जस्तै पोशाकमा । बबरमहलतिर बाट आएका केही बाइकहरु हतारिएर यता मोडिन्छन् । किनकी यता बाट जानु हुँदैन भन्ने कुनै ट्राफिक संकेत छैन । माछा पासो थाप्न बसे जसरी कति बेला आउँला र खाउँला भनेजस्तै बसेका बर्दीधारीले ति बाइकहरु त्यता मोड्दै गर्दा कुनै संकेत गर्दैनन् । जब यो मोड भित्र प्रवेश गर्छन अनि झ्याप्प रोक्छन् र फुत्तै चाबी झिक्छन् आफ्नै बाउको सम्पत्ति जसरी । अनि तुरुन्त ब्लुबुक, लाइसेन्स झिक्न आदेश दिँदै चिट काट्न थाल्छन् । सवारी चालकहरु एक छिन त अवाक हुन्छन् अनि प्रतिवाद गर्न थाल्छन् । जघन्य अपराधीको त कुरा सुन्छ अदालत तर उनिहरु चालकको कुरै सुन्दैनन् अन्जानमा माफीको त कुरै छोडौं । चिट काटे पछि खै के के प्रक्रृया पुरा गरे पछि मात्र लाइसेन्स फिर्ता पाइन्छ रे, बर्दीधारीहरुले भनेको । यो सब देखेर , सुनेर सवारी चालकहरुको आवेग डरलाग्दो थियो । चिट काट्नेहरुलाई ठाडै निलुँला जस्तै गथ्र्यो झुक्याएर लुटेकोमा । तर चिट काट्नेहरु खुब गर्व गरिरहेका थिए कुनै ठुलै काम गरे जसरी । जति रिस उठे पनि ति चालकहरु केही गरिहाल्ने सामथ्र्यमा थिएनन् किनकि उनिहरुत जनता थिए "बिचरा जनता" । हेर्दा ति बर्दीधारीहरु काटीकुटी ट्राफिक प्रहरी जस्तै देखिन्छन् तर ट्राफिक प्रहरीको जिम्मेवारी, नैतिकता वा सांगठनिक मर्यादा कुनै पनि कोण बाट उनिहरु ट्राफिक हुन भन्ने कसैले विश्वास गर्दैनन् । हेर्दा हेर्दै अर्को रहस्य पत्ता लाग्यो , उनिहरुलाई ट्राफिक प्रहरीको संरक्षण छ अरे । यो सुनेर मलाई रिस होइन दया लाग्यो । त्यत्रो संगठनलाई पनि लुटेर खानु पर्ने दिन आएछ । बिचरा । 
सिंहदरवार र सर्वोच्च अदालकै अगाडी जनता यसरी लुटिरहँदा पनि सरकार मौन छ "लाश जस्तै "। हुन त भुकम्पमा वा अन्य विपत्तिमा जनताको सासको महत्व नराख्ने सरकार आफैंमा लाश हो भन्ने प्रमाणीत भइसकेकै हो । न्यायलयले त देख्नु पर्ने हो तर उसको पनि आखामा पट्टी बाँधेको छ क्यारे । मानव अधिकार कर्मीहरु कतै डलरको हिसावकिताब गर्दै होलान् । यता जनता लुटिरहेका छन् । जनता आदीकाल देखिनै लुटीँदै आएका थिए धेरै तिर बाट...देश गणतन्त्रमय भइसक्दा पनि लुटिन छोडेन । यीनले कहिले मुक्ति पाउँला ?
Powered by Blogger.