
युगदेखी युगसम्म बाट नेपाली चलचित्र जगत मा
उदाएका कलाकार राजेश हमाल नेपाली चलचित्र क्षेत्रको महानायकको रुपमा चिनिन्छन् । नेपाली चलचित्र क्षेत्रलाई थुप्रै चलचित्र दिइसकेका उनले जीवनको लामो समय एक्लै गुजारेका थिए । उनको प्रेम र बैबाहिक जीवनको सधै चर्चा भइरहेपनि अन्तत उनले पाको उमेरमा आएर बिबाह गरे । थुप्रै चलचित्रमा बिबाह बन्धनमा बाधिएको अभिनय गरेपनि उनले अन्तत रियल लाइफमा बिबाह गरी छाडेँ । अब आएर राजेश हमालले डिभोर्स गर्ने भएका छन् । डिभोर्स किन र के कारणले गर्ने भएका छन् त्यो त उनैले भन्नेछन् तर डिभोर्स चलचित्रको टिमले उनलाई आफनो चलचित्रको लागी चयन गरीसकेको छ । हाल यसको संगित कम्पोज हुदै छ भने चलचित्रको छायाकंन पनि छिटै गरीने चलचित्रको निर्माता एवमं निर्देशक धु्रब केसीले जनाएका छन् ।