फाल्गुन १६, २०७२-
![]() |
| ज्याकलिन |
अभिनेत्री ज्याकलिन फर्नान्डिज तथा नायक सुरज पन्चोलीले टि–सिरिजको नयाँ म्युजिक भिडियो ‘जिएफ बिएफ’ सार्वजनिक गर्दा प्रोड्युसर भूषण कुमार, निर्देशक कोरियोग्राफर रेमो डिसुजा तथा गायक गुरिन्दर सिगल उपस्थित थिए ।
सोही क्रममा एक रिपोर्टरले ज्याकलिनसँग उनको ब्वाइफ्रेन्डका बारेमा प्रश्न गरेका थिए । जवाफमा ज्याकलिनले भनिन्– ‘अगाडि मेरो पापा हुनुहुन्छ, कृपया यस प्रकारको प्रश्न नसोध्नुहोस् ।’ आफ्नै पिताका अगाडि ब्वाइफ्रेन्डसम्बन्धी जिज्ञासा मेटाउन असमर्थ रहेको उनको प्रष्टोक्ति थियो । जिएफ बिएफमा ज्याकिलनले सिजलिङ डान्सका साथमा गीतसमेत गाएकी छिन् ।
निर्माता भूषण कुमारकै आग्रहमा गीत गाएको ज्याकलिनले बताइन् । गायक गुरिन्दर सिंह र भूषण कुमार दुवैले स्टुडियोमा बसेर ज्याकलिनलाई गीत गाउन सिकाएका थिए । उक्त कार्यक्रममा समेत ज्याकलिनले गीत गाएकी थिइन् ।
